काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार २२.८८ अंकले घटेर २५६४.३६ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ३.६५, फ्लोट इन्डेक्स १.७१, र सेन्सिटिभ फ्लोट इन्डेक्स २५ अंकले घटेको छ ।
३५९ वटा कम्पनीको ८७ लाख ६७ हजार २६० कित्ता सेयर ४३ हजार ४३७ पटक खरिद बिक्रि हुँदा ३ अर्ब १८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १२ उप समूह घटेका छन भने १ समूह बढेको छ । बैंक ०.७१ प्रतिशत, विकास बैंक ०.५४ वित्तिय १.१० , होटेल र पर्यटन १.०५, जलविद्युत १.०४, लगानी १.०७, जीवन बिमा ०.८०, उत्पादन र प्रशोधन -०.९८, लघुवित्त ०.६० , म्युचुअल फन्ड ०.०५, निर्जीवन बिमा ०.६४, भने अन्य समुह ०.९२ प्रतिशतले घटेको छ । व्यापार समूह ०.३३ प्रतिशतले बढेको छ ।
यस दिन १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ। त्यस्तै, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ।



