काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण,इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्युत लाइन जडानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले यादवविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा विद्युत लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले यादवविरुद्ध ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।



