काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २०८६ कात्तिक १० गते साधारण सभा बोलएको छ । संस्थाको सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



