काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक वा सम्पूर्ण शेयर बिक्री गर्न इच्छा जनाउँदै निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाइएको छैन । उक्त संस्थापक शेयर खरिद गर्न चाहने बैंकमा हाल कायम रहेका संस्थापक शेयरधनी सूचना प्रकाशित गरिएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।
तोकिएको अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरिद गर्न आवेदन प्राप्त नभएको बैंकले जनाएको छ।



