काठमाडौं । सोमबार घटेको शेयर बजार मंगलबार बढेको छ । मंगलबजार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७५ अंकले बढेको हो ।
मंगलबार कारोबार रकम भने ३ अर्ब १३ करोड ८१ लाख पुगेको छ । यसदिन ३५९ वटा कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर ४१ हजार ६०७ पटक खरिद बिक्री हुँदा उक्त करोबार रकम पुगेको हो । जुन सोमबारको तुलनामा ४ करोड ३० लाखले कारोबार रकम कम हो । सोमबार ३५९ वटा कम्पनीको ८७ लाख ६७ हजार २६० कित्ता सेयर ४३ हजार ४३७ पटक खरिद बिक्रि हुँदा ३ अर्ब १८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन सबै ११ वटा उपसमूह बढ्दा २ वटा उपसमूह घटेको छ । बैंकिङ १०, विकास बैंक २९, वित्त ३, होटल र पर्यटन ३७, जलविद्युत २२, लगानी ०.४०, जीवन बीमा ४१, उत्पादन र प्रशोधन २९, म्युअुचल फण्ड ०.०३, व्यापार २६ र अन्य समूह ७ अंकले बढ्दा लघुवित्त ०.१७ र निर्जिवन बीमा ६ अंकले घटेको हो ।
यसदिन १६९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको शेयर मूल्य घटेको भने १५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका शेयरधनीले कमाएका छन् । आज त्रिशुली जलविद्युतको ५ प्रतिशतका दरले कमाएका हुन् । त्यसपछि क्रमशः साल्पा विकास बैंकको ४ प्रतिशत, हाथवेय इन्भेष्टमेन्ट नेपालको ४ प्रतिशत र बुटवल पावर कम्पनीको ४ प्रतिवशतले शेयर मूल्य बढेको हो । यसदिन सर्वोत्तम पेन्टसको ५ प्रतिशत, नबिल ग्रोथ फण्डको ४ प्रतिशत र चिखुवा हाइड्रोपाावरको ३ प्रतिशतले शेयर मूल्य घटेको हो । जसका लगानीकर्ताहरुले सर्वाधिक लगानी गुमाएका हुन् ।



