RE
Global College

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी प्रदिप चन्द्र पोखरेलको नाममा रहेको ९ हजार ९२३.३६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक समूहको सेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले उक्त सेयर हाललाई बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले आम सर्वसाधारण लगानीकर्ताका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

अब उक्त सेयर अरिद गर्न इच्छुक योग्य सर्वसाधारण व्यक्ति वा संस्थालाई ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्ने छ ।

NECO

Leave Your Comment

Related News