काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको उक्त सेयर संस्थापकले आवेदन नदिए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्त वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएको थियो । तर, विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुबाट उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणका लागि सूचना जारी गरिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।




