RE
Global College

सन नेपाल लाइफको ५२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ५२ हजार ८२७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक बिक्री गर्दा संस्थापक सेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय राखेर सूचना जारी गरिएको छ । उक्त अवधिमा सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले के कति कित्ता सेयर खरीद गरी लिने हो खुलाई यस कम्पनीको कर्पोरेट कार्यालय, पुतलीसडक, काठमाडौंमा आई पुग्ने गरी निवेदन दिनु पर्ने छ ।

बिक्री गरिने संस्थापक सेयरको बिक्री मुल्य प्रचलित मुल्य भन्दा कम नहुने गरी बिक्रीकर्ताले तोके बमोजिम हुनेछ । साथै बिक्रेताले तोकेको प्रति कित्ता सेयर मुल्य सम्बन्धि जानकारीको लागि कम्पनीको कानुन विभागमा सम्पर्क गर्नु पर्ने छ । उल्लेखित म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन पेश हुन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धि आवश्यक कारवाही अघि बढाईने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News