RE
Global College

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं ।एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।

साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

NECO

Leave Your Comment

Related News