काठमाडौं । चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम सुरु गरिएको छ।
नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक निर्माणसँगै पुलको जग खन्ने काम अघि बढाइएको हो।
यसअघि बेत्रावतीमा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बाढी र पहिरोले अवरुद्ध बनेको रसुवागढीसम्मको मुख्य सडक सञ्जाल पुनःस्थापित हुनेछ।




