RE
Global College

साताको सेयर : साढे ४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २५८७.२५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१८ प्रतिशत अर्थात ४.५५ अंक बढेर २५९१.८० विन्दुमा बन्द भएको हो ।

यो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन नेप्से सकारात्मक रहेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो । त्यस्तै यो साता फ्लोट इण्डेक्स २.८३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक बढेको छ । नेप्से बढेपनि यस हप्ता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ७९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ७८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.०८ प्रतिशत कम हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १३.९३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.४१ प्रतिशत घटेको छ ।

यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता करिब ८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । १३ उपसमूहमध्ये यस साता चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ । गत साता १४९४.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २२.७८ अंक बढेर १५१७.२५ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३२.१६ अंक बढेको छ ।

कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। गत साता १८०९.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १८.९५ अंक घटेर १७९०.५४ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७६.९९ अंक घटेको छ ।

NECO

Leave Your Comment

Related News