RE
Global College

तीन देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ मा

काठमाडौं । चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ गते हुने भएको छ। सुनुवाइ बिहान ९ः१५ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुनेछ।

चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा राजदूतमा प्रस्तावित छन्। शर्मा नेपाल–चीन मामिलाका विज्ञ, सिनोलोजीका अध्येता तथा अर्थशास्त्री हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा आगन्तुक विद्वानका रूपमा पनि कार्यरत छन्।

अमेरिकाका लागि प्रस्तावित थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्। उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ। सन् २०१७ देखि उनी अक्सफाममा एसियाका क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन्।

बेलायतका लागि प्रस्तावित जबरा नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन्। उनले नेपाली सेनाको नेतृत्व गर्दै माओवादी लडाकुको समायोजन तथा २०७२ सालको भूकम्पपछिको उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

NECO

Leave Your Comment

Related News