काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यसैक्रममा नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन्।
त्यसतै, चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले १४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वाधिक ३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने दोस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ६८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ।
त्यसैगरी तेस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ३४ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय भित्र्याएको छ। कम्पनीहरुले कुल ४९ हजार ४२० वटा बीमालेखि बिक्री गरी उक्त व्यवसाय गरेका हुन्।




