काठमाडौं । त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५, गलौदीस्थित सडक आज दिउँसो ३:१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनलाई दुवैतर्फ चल्न सहज भएको छ।




