काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन यही कार्तिक ०१ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको छ।
उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले यही आश्विन ३१ गते शनिबारभित्र https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गरी उपहार कुपन प्राप्त गर्न सक्नुहुनेछ।
पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्ताहरूले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिनुहुन तथा सबै व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल/बीजक जारी गर्नुहुन अनुरोध गरिन्छ।




