RE
Global College

यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ दसैँ राइड, चार रुटमा ९५ राइडर सहभागी

काठमाडौं । यामाहा नेपालको राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले दसैँको अवसरमा ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ। देशका विभिन्न स्थानमा दसैँको उत्साह र उमङ्ग फैलाउने उद्देश्यले आयोजित राइडमा चारवटा रुटबाट ९५ जना राइडर सहभागी भएका छन्।

अक्टोबर ११, २०२६ मा आयोजित राइडअन्तर्गत पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकाका विभिन्न गन्तव्य समेटिएका थिए। धरानदेखि भेडेटार फार्म भिलेजसम्मको राइडमा २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए।

यामाहा ब्लु स्ट्रिक्सले आयोजना गरेको यस कार्यक्रमले दसैँको उत्सवलाई घरपरिवारमा मात्र सीमित नराखी खुला सडक र यात्रामार्फत पनि मनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। राइडमार्फत विभिन्न स्थानका राइडर तथा स्थानीय समुदायबीच आपसी सम्बन्ध विस्तार गर्ने र चाडपर्वको खुसी साटासाट गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रमले सामूहिक यात्रा, नयाँ गन्तव्यको अवलोकन र राइडिङ समुदायबीचको सहकार्यलाई प्राथमिकता दिएको थियो। यामाहा ब्लु स्ट्रिक्सले राइडिङमा रुचि राख्ने तथा यामाहाका उत्पादन र गुणस्तरप्रति आकर्षित ग्राहकलाई एउटै प्लेटफर्ममा जोड्दै आएको छ।

कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत नेपालका विभिन्न रुटमा दसैँको खुसी र एकताको भावना फैलाउने लक्ष्य राखिएको बताए।

उनले सामूहिक रूपमा यात्रा गर्दै रोमाञ्चक राइडको अनुभव लिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गरे।

यामाहा ब्लु स्ट्रिक्सले यस्ता कार्यक्रममार्फत राइडरहरूबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यामाहा र ग्राहकबीचको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ। ‘चङ्गा चेट’ फेस्टिभ राइडले नेपाली चाडपर्वको सांस्कृतिक महत्त्वलाई साहसिक यात्रासँग जोड्दै दसैँलाई थप यादगार बनाउने प्रयास गरेको कम्पनीले जनाएको छ।

 

NECO

Leave Your Comment

Related News