RE
Global College

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि १९० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार २२५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News