RE
Global College

वर्षाका कारण भारत र वेस्ट इन्डिजको अन्तिम खेल रद्द, सिरिजमा बराबरी

काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको टि ट्वान्टी सिरिजको निर्णायक खेल वर्षाका कारण रद्द भएको छ।  बेंगलुरुमा ९ ओभरमा छोट्याइएको खेलमा भारतले ७.४ ओभरमा ५ विकेट गुमाएर १ सय १८ रन बनाउँदा वर्षा भएपछि खेल पुनः सुरु हुन सकेन। यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ।

लगातार वर्षाका कारण खेलको टस हुन साढे २ घण्टा ढिलाइ भएको थियो। वर्षा रोकिएपछि ९ ओभरको खेल सुरु भए पनि पुनः वर्षा हुँदा नतिजा आउन सकेन। भारतले आक्रामक सुरुवात गरे पनि पहिलो ओभरमै अभिषेक शर्मा आउट भए। त्यसपछि इशान किशनले आक्रामक ब्याटिङ गर्दै रोमारियो सेफर्डको दोस्रो ओभरमा २४ रन जोडे। किशनले १० बलमा ३० रन बनाए। उनको इनिङ्समा ३ चौका र २ छक्का सामेल थिए।

सन्जु सामसनले पनि २ चौका र १ छक्का प्रहार गरेपछि भारतले ३ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएको थियो। श्रेयस अय्यरले २२ रन बनाए। त्यसपछि क्रिजमा आएका नमन धिरले विस्फोटक ब्याटिङ गर्दै ६ बलमा अविजित २४ रन जोडे। उनले तीन छक्का र एक चौका प्रहार गरे।

भारतले ७.४ ओभरमा १ सय १८ रन बनाउँदा तिलक वर्मा आउट भए। त्यसलगत्तै वर्षा तीव्र भएपछि खेल रोकिएको थियो। शमर स्प्रिङ्गर र किमो पलले समान २ विकेट लिए।

NECO

Leave Your Comment

Related News