RE
Global College

बीसीसीआईकाे अध्यक्षमा प्रज्ञान ओझा र प्रमुख छनोट कर्तामा पोवार

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अध्यक्षमा प्रज्ञान ओझा चयन भएका छन् । अन्तिरिम अध्यक्षको रुपमा रहेका ओझालाई पूर्ण कालिन अध्यक्षमा चयन गरिएको हो ।

त्यस्तै प्रमुख छनोट कर्तामा रमेश पोवार नियुक्त भएका छन् । पोवारले भने निवर्तमान छनोट समिति प्रमुख अगरकरको स्थान लिएका छन् । वरिष्ठता (खेलेका टेस्ट खेलहरूको संख्या) का आधारमा ओझाले समितिको अध्यक्षता गर्नेछन् । भारतका पूर्व ‘लेफ्ट–आर्म स्पिनर’ ओझाले यसअघि अन्तरिम रूपमा उक्त समितिको नेतृत्व गरिरहेका थिए ।

अशोक मल्होत्रा र जतिन पराञ्जपे सम्मिलित ‘क्रिकेट सल्लाहकार समिति’ले छनोट प्रक्रियाको रेखदेख गरेको थियो । उम्मेदवारहरूको छनोटका लागि यो समिति मुम्बईस्थित बीसीसीआई मुख्यालयमा भेला भएको थियो । उक्त प्रक्रियापछि पोवारलाई सर्वसम्मतिले चयन गरिएको हो । सन् २००४ देखि २००७ को बीचमा दुई टेस्ट र ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका पोवारले त्यसयता भारतीय महिला टोलीको मुख्य प्रशिक्षकलगायत विभिन्न प्रशिक्षक भूमिकाहरू निर्वाह गरेका थिए । यस पदका लागि बडोदाका कोनर विलियम्स र ज्याकब मार्टिन, तथा मुम्बईका वसिम जाफर र सलिल अंकोलाको पनि अन्तर्वार्ता लिइएको थियो । यी अन्तर्वार्ताहरू अक्टोबर १५ मा सम्पन्न भएका थिए ।

एक विज्ञप्तिमा, बीसीसीआईले अध्यक्षको रूपमा आफ्नो कार्यकालमा अजित अगरकरले देखाएको “प्रतिबद्धता, दृढ विश्वास र योगदान” को प्रशंसा गरेको छ । उनको कार्यकालमा टोलीले तीनवटा आईसीसी उपाधि, दुईवटा एसिया कप र एसियाली खेलकुदमा दुईवटा स्वर्ण पदक जितेको थियो । ओझा र पवारका साथै, शिव सुन्दर दास, आरपी सिंह र अजय रात्रा यस समितिका अन्य सदस्य रहेका छन् ।

NECO

Leave Your Comment

Related News