RE
Global College

दसैँ टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले तीन रुटमा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । दसैँ टीकाको दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
आम नागरिकको सहज आवागमनका लागि प्रहरीले बस सेवा सञ्चालन गरेको जनाएको छ । सार्वजनिक यातायातको अभावमा हुने समयमा यात्रुलाई लक्षित गर्दै बस सेवा सञ्चालन गरिएको जनाएको छ ।

प्रहरीले कात्तिक ३ पनि उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । नेपाल प्रहरीका अनुसार तीनवटै रुटमा कात्तिक ४ गते टिकाको दिन पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सञ्चालन हुनेछ ।

रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।

NECO

Leave Your Comment

Related News