RE
Global College

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा रहेको छ ।

बिक्रिमा रहेको शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । बैङ्कले आज एक सुचना प्रकाशित गर्दै इच्छुक संस्थापक शेयरधनीले  शेयर खरिदका लागि ३५ दिन भित्र  आबेदन दिन भनेको छ ।

शेयर खरिद गर्न चाहने खरिदकर्ताले आफुले खरिद गर्न चाहेको कित्ता र शेयरको मूल्य उल्लेख गरी तोकिएको समयमा संस्थापक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा दिनुपर्नेछ।

तोकिएको समयसिमा भित्र हाल बिध्यमान शेयरधनीबाट संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नआएमा  अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News