Global College

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो,पुग्यो १ अर्ब १६ करोड ४२ लाख

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ५९ लाख  रुपैयाँ खुद नाफा कमाएको  थियो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (EPS) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ।

यसै गरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ, जसले बैंकको पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

NECO

Leave Your Comment

Related News