Global College

कुलेखानी जलाशयको जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
शनिबार दिउँसो १२ बजेको अभिलेखअनुसार जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको छ। पानीको बहावको अवस्था हेर्दा आज साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो चरणको साइरन बजाउने र एसएमएसमार्फत सूचना पठाउने तयारी गरिएको छ।

मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भएमा बाँधको सुरक्षाका लागि मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज राति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन एवं सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

जलाशयको मुख्य गेट खोल्नुपर्ने अवस्था आएमा निर्धारित प्रक्रियाअनुसार दोस्रो र तेस्रो चरणका आपतकालीन साइरन बजाउनुका साथै एसएमएसमार्फत सूचना पठाइने जनाइएको छ।

यसका लागि केन्द्रको प्राविधिक टोली कात्तिक १३ गतेदेखि नै फिल्ड तथा नियन्त्रण कक्षमा तयारी अवस्थामा परिचालन गरिएको छ।

सम्भावित जोखिमबाट बच्न समयमै सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक लिन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ।

NECO

Leave Your Comment

Related News