Global College

भिभोले नेपालमा सार्वजनिक गर्‍यो भी ८०, कति छ मूल्य ?

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा नयाँ फ्ल्यागशिप स्मार्टफोन भी८० सार्वजनिक गरेको छ । ५० मेगापिक्सेल जाइस पोट्रेट क्यामेरा, ७ हजार २०० एमएएच ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिसहित सार्वजनिक गरिएको यो फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

भिभोका अनुसार भी८० व्यवसायी, पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो । फोनमा प्रिमियम डिजाइन, जाइस क्यामेरा, एआईमा आधारित सुविधा र लामो समय टिक्ने ब्याट्रीलाई मुख्य विशेषताका रूपमा राखिएको छ ।

नेपालमा भी८० को प्रि–बुकिङ नोभेम्बर १ देखि ४ सम्म खुला गरिएको छ । यस अवधिमा प्रि–बुक गर्ने पहिलो १ हजार २०० ग्राहकले भिभो बड्स निःशुल्क, २ हजार रुपैयाँ क्यासब्याक, अगाडि र पछाडिको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा ६ महिनाको अतिरिक्त वारेन्टी पाउने कम्पनीले जनाएको छ ।

भी८० मा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामेरा र ५० मेगापिक्सेलको जाइस ग्रुप सेल्फी क्यामेरा राखिएको छ । सुपर टेलिफोटो क्यामेराले ८५ एमएम र १०० एमएमका पोट्रेट फोकल लेन्थ सपोर्ट गर्छ । यसले स्पष्ट र प्राकृतिक पृष्ठभूमि प्रभावसहित तस्बिर खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै, फोनका अगाडि र पछाडिका दुवै क्यामेराबाट ४के ६० फ्रेम प्रतिसेकेन्ड भिडियो रेकर्ड गर्न सकिन्छ । एआई क्रिएटिभ क्यामेरा सुविधाले विभिन्न प्रकाश प्रभाव प्रयोग गरी तस्बिरलाई थप आकर्षक बनाउन सहयोग गर्नेछ ।

फोनमा ७ हजार २०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज सुविधा छ । यसले लामो समयसम्म फोन प्रयोग गर्न र छोटो समयमा चार्ज गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

भी८० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १४४ हर्ज रिफ्रेस रेट रहेको छ । सुरक्षाका लागि थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा पनि उपलब्ध छ ।

भी८० ओरिजिन ओएस ७ मा सञ्चालन हुन्छ । यसमा क्याप्चर टु नोट र एआई रेकर्डरजस्ता सुविधा छन् । क्याप्चर टु नोटले ह्वाइटबोर्ड, प्रस्तुतीकरणका स्लाइड तथा लिखित सामग्रीको फोटो खिचेर डिजिटल नोट बनाउन सहयोग गर्छ । एआई रेकर्डरले आवाजलाई लिखित रूपमा उतार्नुका साथै बैठकका मुख्य विषय र निर्णयको सारांश तयार गर्न सक्छ ।

कम्पनीका अनुसार फोनमा ६ वर्षसम्म सहज प्रयोगको अनुभव र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध हुनेछ । यो फोन राइज अरेन्ज र प्राइम ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ ।

भी८० नोभेम्बर ५ देखि दराज अनलाइन तथा देशभरका भिभोका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ । यसको मूल्य यस्तो छ :

   भेरियन्ट                                              मूल्य
८ जीबी र्‍याम + २५६ जीबी स्टोरेज    १,०८,९९९ रुपैयाँ
८ जीबी र्‍याम + ५१२ जीबी स्टोरेज    १,३३,९९९ रुपैयाँ

ग्राहकले यो फोन १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News