Global College

प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु : कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई सरकारले खोजिरहन नपर्ने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन्।

हाल आफू काठमाडौँ उपत्यकाबाहिर रहेको र काठमाडौँ फर्किन लागेको उनको भनाइ छ।

पत्रकार रोशन खड्काको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्रिन लागेको चाल पाएपछि शिवाकोटीले आज बिहीबार बिहानै फेसबुकमार्फत आफू काठमाडौँ फर्किन लागेको बताएका हुन्।

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन’, उनले लेखेका छन्, ‘काठमाडौँ आउँदै छु।’

यद्यपि उनले हाल आफू कहाँ हो भन्ने कुरा खुलाएका छैनन्।

शिवाकोटीले केही दिनअघि काठमाण्डुपाटी अनलाइनका अध्यक्ष रोशन खड्काविरुद्ध दाइजो र उनकी श्रीमतीका विषयमा फेसबुकमा स्टाटस लेखेका थिए।

त्यही विषयमा खड्काले साइबर ब्युरोमा उजुरी दिएका हुन्।  यसअघि काठमाण्डुपाटीले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिता प्राप्त गर्न बिचौलिया इनम सापकोटासँग सम्पर्क गरेको समाचार छापेको थियो।

NECO

Leave Your Comment

Related News