मानुषी लघुवित्तको ७ लाख शेयर कित्ताको ‘लक-इन’ अवधि सकियो

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाखभन्दा बढी शेयरको ‘लक-इन’ अवधि सकिएको छ ।

कम्पनीको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक-इन’ अवधि समाप्त भएको हो ।

‘लक-इन’ अवधि सकिएपछि यी शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । तर, संस्थाको संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने शेयर खरीदविक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँट गरिएको सेयर ‘लक-इन’मा राख्नुपर्ने व्यवस्था छ । त्यसबमोजिम उक्त शेयर ‘लक-इन’मा राखिएको संस्थाले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार