काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भारतपछि कात्तिक २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्ने तालिका छ।
प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले समूह चरणका खेलमा राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको आगामी चरणमा पुग्ने लक्ष्य राखेको छ।



