Global College

‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने, टाइटल स्पोन्सरमा एनटोर्क

काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा TVS NTORQ आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रम ‘TVS NTORQ Presents’ का रूपमा प्रस्तुत हुनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित यस कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति र सामाजिक परिवेशलाई प्राथमिकता दिइनेछ। साथै, नेपाली हिप–हपको आफ्नै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई समेटिनेछ। स्थापित र्‍यापरसँगै नयाँ पुस्ताका प्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाली युवापुस्तामाझ लोकप्रिय हुँदै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले TVS NTORQ ले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग जोडिएको यो सहकार्यले नेपाली हिप–हप क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल नारासहित अघि बढ्ने कार्यक्रमले नेपाली हिप–हप प्रतिभालाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्नुका साथै नेपाली संगीतका नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News