Global College

एसिया कप क्रिकेट: भारतलाई जितका लागि १२९ रनको सामान्य लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी) अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले बलियो प्रतिद्वंद्वी भारतलाई जितका लागि १२९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरभन्दा अगाडि नै ४२.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १२८ रनको योगफल तयार पारेको हो।

नेपालका लागि ब्याटिङतर्फ दर्शक सोनारले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ९३ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरे। यसैगरी, आशिष लुहारले ४५ बलमा २९ रन जोडे भने निरजकुमार यादवले ४८ बलमा २० रन बनाए। यी बाहेक अन्य नेपाली ब्याटरहरूले दोहोरो अङ्कमा रन बनाउन असफल रहे।

यता बलिङतर्फ भारतका बलरहरू हावी देखिए। भारतका लागि इशान सूदले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, अर्जुन राजपुतले ५.३ ओभरमा ८ रन मात्र दिएर ३ विकेट हात पारे।

यसैगरी, शवीर गौडले २ विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान १–१ विकेट आफ्नो नाम गरे। नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य पछ्याउँदै अहिले भारत जवाफी ब्याटिङको मैदानमा उत्रिसकेको छ।

NECO

Leave Your Comment

Related News