Global College

‘राइज टु रुल’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न

काठमाडौं । कजारिया रमेश टायल्सले आफ्नो वार्षिक डिलर्स मिट २०२६ सम्पन्न गरेको छ । ‘राइज टु रुल’ (Rise to Rule) थिममा काठमाडौंमा आयोजित उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो ।

गत कात्तिक १६ गते आयोजित कार्यक्रममा कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूसँगको सहकार्य, सामूहिक उपलब्धि तथा उत्कृष्ट योगदानको उत्सव मनाएको जनाएको छ । साथै, डिलर नेटवर्कसँगको सम्बन्ध थप मजबुत बनाउँदै आगामी दिनमा दिगो व्यावसायिक विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो । कार्यक्रममा कजारिया सेरामिक्सका उपाध्यक्ष तथा कजारिया रमेश टायल्सका अध्यक्ष चेतन कजारिया र कजारिया समूहअन्तर्गतको ग्रेसबन्डका प्रमुख कार्तिक कजारियाको विशेष उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले कम्पनी र व्यावसायिक साझेदारबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा १७ विधामा उत्कृष्ट प्रदर्शन गर्ने डिलर तथा व्यावसायिक साझेदारहरूलाई सम्मान गरिएको थियो । विभिन्न विधामा प्रदान गरिएको अवार्डमार्फत उनीहरूको व्यावसायिक सफलता, निरन्तर समर्पण तथा कजारिया ब्रान्डको विस्तारमा पुर्‍याएको योगदानको कदर गरिएको कम्पनीले जनाएको छ ।

कजारिया रमेश टायल्सले आफ्नो बजार विस्तार र व्यावसायिक सफलतामा डिलर नेटवर्कको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ । देशभर फैलिएको डिलर तथा व्यावसायिक साझेदारहरूको सञ्जाल कम्पनीको बजार उपस्थितिलाई बलियो बनाउने प्रमुख आधारका रूपमा रहेको कम्पनीको भनाइ छ ।

डिलर्स मिटलाई कम्पनीले व्यावसायिक रणनीति, भावी योजना तथा आपसी समझदारी आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिएको छ । कार्यक्रममा साझेदारहरूको निरन्तर सहयोग र समर्पणले कम्पनीको व्यावसायिक यात्रालाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको विषयमा जोड दिइएको थियो ।

कम्पनीका अनुसार डिलर्स मिट २०२६ ले डिलर तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै उनीहरूको योगदानको सम्मान गर्ने अवसर प्रदान गरेको छ । ‘राइज टु रुल’ को साझा लक्ष्यसहित आगामी दिनमा थप उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News