काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन् ।
हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ । पोखरा भने पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ । चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ ।
यी दुईबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज खेल्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
हाल चार अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ । यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको खेल साँझ ५ बजे हुनेछ ।



