Global College

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् ।

नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गरेको बताए । उनले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजमा भएका विसङ्गति र विकृतिका विरुद्ध साहित्य सिर्जना गरी आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सम्मानित स्रष्टा त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताउँदै स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता र आर्थिक पीरमर्कालाई गहिरो अध्ययन तथा अनुभूतिमार्फत भाषा–कौशलका साथ यथार्थ रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

 

NECO

Leave Your Comment

Related News