Global College

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा व्यवसायमा २२.८२ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आवको पहिलो तीन महिनामा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले वृद्धि भएको छ।   नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरु मध्ये सलिकोको कुल बीमाशुल्क गत वर्षको असोज मसान्तसम्म १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २२.५० प्रतिशतले बढेर १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै शिखर इन्स्योरेन्सको कुल बीमाशुल्क पनि १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँबाट २९.५४ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै हिमालयन एभरेष्टले गत आवमा १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ संकलन गरेकोमा चालू आवमा ३४.५४ प्रतिशतको वृद्धिसहित १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। यता एनएलजी इन्स्योरेन्सले पनि १ अर्ब २ करोड ५६ लाख रुपैयाँबाट सर्वाधिक ४५.४६ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ।

तथापि, आईजीआई प्रुडेन्सियलले पनि गत आवको तुलनामा ३४.२९ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ अघिल्लो वर्ष यस कम्पनीले जम्मा ९९ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो। यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७.७७ प्रतिशतको वृद्धिसहित १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, यस कम्पनीले गत आवमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ प्रिमियम उठाएको थियो।

यता नेको इन्स्योरेन्सको कुल बीमाशुल्क ९२ करोड ८३ लाख रुपैयाँबाट २४.७५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने दि ओरियण्टल इन्स्योरेन्सको ७८ करोड ८५ लाख रुपैयाँबाट २४.६० प्रतिशतले बढेर ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी यूनाइटेड अजोडले पनि ८८ करोड २९ लाख रुपैयाँबाट ८.९६ प्रतिशतको वृद्धि गर्दै ९६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएको छ।

त्यस्तै कुल बीमाशुल्क संकलन नेपाल इन्स्योरेन्सको ७० करोड ६२ लाख रुपैयाँबाट बढेर ८२ करोड ४१ लाख रुपैयाँ पुग्दा सानिमा जिआईसीको ६८ करोड १८ लाखबाट ७१ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको ५० करोड ५६ लाखबाट ५३ करोड २८ लाख रुपैयाँ पुगेको छ। यी तीन कम्पनीको क्रमशः १६.७० प्रतिशत, ५.३६ प्रतिशत र ५.३८ प्रतिशतले वृद्धि भएको हो।

यता सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशुल्क ४१ करोड ४१ लाख रुपैयाँबाट २२.५२ प्रतिशतले बढेर ५० करोड ७४ लाख रुपैयाँ पुग्दा नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ४२ करोड ८४ लाख रुपैयाँबाट ११.७६ प्रतिशतले बढेर ४७ करोड ८८ लाख रुपैयाँ पुगेको तथ्याङ्कले देखाएको छ।

NECO

Leave Your Comment

Related News