Global College

फेर्मिनको दुई गोलले बार्सिलोना विजयी

काठमाडौं ।ला लिगा फुटबल अन्तर्गत भएको खेलमा बार्सिलोनाले घरेलु टोली एट्लेटिको मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको छ। रियाद एयर मेट्रोपोलिटानो मैदानमा भएको यस  प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको पराजित हुन पुग्यो भने बार्सिलोनाका लागि युवा मिडफिल्डर फेर्मिन लोपेज नायक बने।

खेलको १०औँ मिनेटमै जुलियन अल्भावेजको पासलाई सदुपयोग गर्दै गिुलियानो सिमोनेले गोल गरेपछि घरेलु टोली एट्लेटिको मड्रिडले खेलमा १–० को अग्रता बनाएको थियो। पहिलो हाफमा पछि परेको बार्सिलोनाले धैर्यता गुमाएन र खेलको ४४औँ मिनेटमा फेर्मिन लोपेजको व्यक्तिगत पहिलो गोलमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्यायो।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा हान्सी फ्लिकको बार्सिलोना थप आक्रामक रूपमा प्रस्तुत भयो। खेलको ६६औँ मिनेटमा युवा स्टार लामिन यामलको उत्कृष्ट पासमा फेरि पनि फेर्मिन लोपेजले आकर्षक गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। लोपेजको यो निर्णायक दुई गोलले खेलको नतिजा पूर्ण रूपमा पल्टाइदियो।

यस जितसँगै प्रशिक्षक हान्सी फ्लिकको टोली बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाउँदै मुख्य प्रतिस्पर्धीहरूमाथि महत्त्वपूर्ण अग्रता कायम गरेको छ। खेलको अन्त्यतिर एट्लेटिकोले बराबरी गोल फर्काउने प्रयास गरे पनि बार्सिलोनाको बलियो गोलरक्षक गार्सियाले विपक्षी प्रयासहरू असफल पारेका थिए। खेलमा दबाब बनाउने क्रममा एट्लेटिकोका मार्कोस योरेन्टे र मार्क प्युबिललगायतका खेलाडीले पहेंलो कार्डसमेत सामना गर्नुपरेको थियो।

NECO

Leave Your Comment

Related News