काठमाडौं । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बैंकको २०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पदहरूपूर्ति गर्नका लागि दरखास्त आह्वानसम्बन्धी विशेष सूचना प्रकाशित गरेको छ।
बैंकका अनुसार उक्त दरखास्त आह्वानसम्बन्धी सूचना यस बैंकको आधिकारिक वेबसाइट, इन्ट्रानेट र सूचनापाटीमा २०८३/०७/२७ गते प्रकाशन भई विद्युतीय माध्यममार्फत दरखास्त फाराम बुझाउन सकिने व्यवस्था मिलाइएको छ। सो दिन गोरखापत्र दैनिक पत्रिका प्रकाशन नहुने भएका कारण उक्त सूचना २०८३/०७/२८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशन हुने बेहोरासहित सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको राष्ट्र बैंक जनाएका छन्।



