Global College

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली भू–भाग, देशका पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

NECO

Leave Your Comment

Related News