Global College

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

काठमाडौं । आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले समेत यहाँ पुगेर भाइटीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा सर्वसाधारणको भीड लागेको छ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दर्शन गर्न तथा टीका लगाउन काठमाडौँ उपत्यकासहित विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन्।

भाइटीकाका अवसरमा मन्दिर परिसरमा दर्शनार्थीहरूको चहलपहलसँगै उल्लासमय वातावरण देखिएको छ। दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्दै मनाइने यस पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

NECO

Leave Your Comment

Related News