६ खर्ब ५५ अर्ब कर्जा घरजग्गा र निजी आवासका लागि वितरण

काठमाडौं । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि व्यक्तिगत आवास (घर कर्जा) र घरजग्गा कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा ११ प्रतिशतले बढेको बताइएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने व्यक्तिगत आवास कर्जा ११ प्रतिशत अर्थात् ३८ अर्ब २९ करोड १० लाख रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०८१ मा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास कर्जा ३ खर्ब ८७ अर्ब १६ करोड रुपैयाँ वितरण गरेका छन् । जसमध्ये वाणिज्य बैंकले ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ, विकास बैंक ५७ अर्ब ९९ करोड रुपैयाँ र वित्त कम्पनीहरुले १२ अर्ब ९२ करोड रुपैयाँ वितरण गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा भने बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास कर्जा ३ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ वितरण गरेका छन् । जसमध्ये वाणिज्य बैंकले २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ, विकास बैंकले ५७ अर्ब ६४ करोड रुपैयाँ र वित्त कम्पनीहरुले ११ अर्ब ७४ करोड रुपैयाँ वितरण गरेका छन् ।

त्यस्तै घरजग्गा कर्जा समेत आर्थिक वर्ष २०७९ /८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५७ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २ खर्ब ६८ अर्ब १५ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेका छन् । जसमा वाणिज्य बैंकहरुले २ खर्ब २४ अर्ब ६५ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुले ३३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीहरुले १० अर्ब १३ करोड ३३ लाख रुपैयाँ कर्जा वितरण गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २ खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेका छन् । जसमा वाणिज्य बैंकहरुले २ खर्ब १७ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, विकास बैंक्हरुले २१ अर्ब ८३ करोड ४० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ९ अर्ब ७४ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । निजी आवास र घरजग्गाको कारोबार चलायमान नभए पनि आवास नागरिकको लागि अनिवार्य आवश्यकको वस्तु भएको हुदाँ कर्जा वितरण भने निरन्तर हुने सरोकारावालाहरु बताउछन् । आवास र जग्गाको माग निरन्तर हुन्छ अझै पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्दै जाँदा घरजग्गा कर्जाको मागले निरन्तरता पाएको बैंकरहरु बताउछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार