Global College

निरन्तर तेस्रो दिन पनि घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार देखि घटेको सनुको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ तोकिएको छ । यो सँगै सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने १ हजार ५०० रुपैयाँले घटेर सुन २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मुल्य ३० रुपैयाँले घटेको छ । यो सँगै मंगलबारका लागि चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँ तोकिएको छ ।
सोमबार भने चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

NECO

Leave Your Comment

Related News