Global College

सानिमा माई हाइड्रोपावरले लाभांश वितरण गर्ने  

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीहरुले हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

NECO

Leave Your Comment

Related News