Global College

याङ्गो ग्रुपले नियुक्त गर्‍यो मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टी, रोमन जेम्ल्यान्स्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ।

मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी नियुक्त भएका रोमन जेम्ल्यान्स्कीले यससम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्नेछन्। उनले कम्पनीका व्यवसाय, उत्पादन तथा सञ्चालनसम्बन्धी नेतृत्व टोली र सडक सुरक्षा संस्थादेखि स्थानीय निकायसम्मका बाह्य साझेदारहरूसँग मिलेर काम गर्नेछन्।

उनले मोबिलिटी सेवाका लागि कम्पनीको सुरक्षा रणनीति विकास गर्ने, प्रविधिको प्रयोगका प्राथमिकता निर्धारण गर्ने र विभिन्न बजारमा सुरक्षा मापदण्डलाई थप सुधार तथा प्रभावकारी रूपमा लागू गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

याङ्गो ग्रुपका सीईओ तथा सीबीओ, याङ्गो राइडटेकका एडेनीयी एडेबायोले भने, “हामी आफ्नो मोबिलिटी व्यवसायलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। यसका लागि हाम्रा सेवाहरू प्रयोग गर्ने ग्राहक र हामीसँग मिलेर व्यवसाय गर्ने साझेदारहरूको विश्वास जित्नु आवश्यक छ। रोमनको नियुक्तिले हाम्रो व्यवसायको विकास योजनामा सुरक्षाको महत्त्वलाई अझ बलियो बनाउनेछ। यसले प्रत्येक बजारमा उत्पादनसम्बन्धी प्राथमिकतादेखि दैनिक सञ्चालनका निर्णयहरूसम्म सुरक्षालाई विशेष ध्यान दिन सहयोग पुर्‍याउनेछ। यस नियुक्तिले हालसम्म भएका सुरक्षा सुधारलाई थप अघि बढाउन र कम्पनीका सबै व्यवसायमा प्रभावकारी सुरक्षा अभ्यास विस्तार गर्न आवश्यक नेतृत्व प्रदान गर्नेछ।”

सुरक्षा प्रविधि र सञ्चालन प्रणालीमा सुधार
सुरक्षासम्बन्धी जोखिम र दुर्घटना रोकथामका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोग विस्तार गर्नु याङ्गोको प्रमुख प्रविधिगत प्राथमिकता हुनेछ। यसका साथै, याङ्गोका मोबिलिटी सेवाहरूमा रुट निगरानी प्रणाली र पहिचान प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।

जेम्ल्यान्स्कीले विभिन्न यातायात सेवा र बजारको अवस्थाअनुसार यी प्रविधिहरूलाई कसरी उपयुक्त बनाउने भन्ने विषयमा उत्पादन तथा सञ्चालन टोलीसँग मिलेर काम गर्नेछन्। साथै, दुर्घटनाको रिपोर्ट संख्यासँगै सुरक्षा उपायहरूले जोखिम रोकथाममा कत्तिको प्रभाव पारेका छन् भन्ने मूल्याङ्कन गर्ने प्रणाली पनि विकास गर्नेछन्।

पहिलेदेखि लागू हुँदै आएका सुरक्षा नियमहरूलाई थप विस्तार गर्दै जेम्ल्यान्स्कीले विभिन्न बजारमा प्रभावकारी साबित भएका अभ्यासहरूलाई अन्य बजारमा पनि लागू गर्ने काम गर्नेछन्। आवश्यकताअनुसार सुरक्षा प्रक्रियाहरूलाई थप व्यवस्थित र एकरूप बनाइनेछ। यसअन्तर्गत घटनाको मूल्याङ्कन गर्ने, आवश्यक निकायमा जानकारी पुर्‍याउने र घटनाको समाधानका लागि समन्वय गर्ने प्रक्रियामा सुधार गरिनेछ। साथै, स्थानीय आवश्यकता र अवस्थालाई पनि ध्यानमा राखिनेछ।

कम्पनीले यस कार्यको प्रभाव सार्वजनिक रूपमा मापन गर्न सुरु गरिसकेको छ। गत सेप्टेम्बरमा याङ्गोले आफ्नो पहिलो याङ्गो राइड सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनअनुसार, विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटनामा ३१ प्रतिशतले कमी आएको छ। यो संख्या ९।८३ बाट घटेर ६।७६ मा पुगेको छ।

सडक, सुरक्षा र सहकार्य
याङ्गोको समग्र सुरक्षा योजनामा पार्टनर चालकहरूलाई तालिम दिने, मोटरसाइकल सेवाका लागि हेल्मेट तथा सुरक्षात्मक सामग्री उपलब्ध गराउने र सञ्चालनमा रहेका विभिन्न बजारमा सडक सुरक्षा सुधारका लागि साझेदारी गर्ने कार्यहरू समावेश छन्।

स्थानीय निकाय र सडक सुरक्षा संस्थाहरूसँगको सहकार्यमा याङ्गोले दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका पार्टनर कुरियर तथा मोटरसाइकल चालकहरूका लागि हेल्मेट र सुरक्षात्मक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत पाकिस्तान, नेपाल, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायतका देशहरूमा सयौँ हेल्मेट वितरण गरिएको छ।

जाम्बियाको लुसाकामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा सुरु गरिएको ‘सेफर जर्नीज टु स्कुल’ कार्यक्रममार्फत २० वटा विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षा शिक्षा प्रदान गरिएको छ। यस कार्यक्रमअन्तर्गत सुरक्षित सडक पार गर्ने व्यवस्था, सवारीसाधनको गति नियन्त्रण गर्ने उपाय र सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

यो कार्यक्रम जाम्बियाबाट विस्तार हुँदै सेनेगलसम्म पुगेको छ भने अफ्रिकाका अन्य देशहरूमा पनि सुरु गर्ने तयारी भइरहेको छ।

याङ्गो ग्रुपका मोबिलिटी सेवाका ग्लोबल हेड अफ सेफ्टी रोमन जेम्ल्यान्स्कीले भने, “हाम्रा सेवाग्राही, पार्टनर चालक र कुरियरहरूले प्रत्येक यात्रामा आफ्नो सुरक्षालाई हामीले गम्भीरताका साथ लिने विश्वास गरेका छन्। हाम्रो सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाउन तीनवटा मुख्य विषयमा ध्यान दिन आवश्यक छ। पहिलो, सम्भावित जोखिम पहिल्यै पहिचान गर्न प्रविधिको प्रयोग गर्ने। दोस्रो, सुरक्षा प्रक्रियालाई अझ बलियो बनाउने। र तेस्रो, चालक तालिमदेखि स्थानीय निकाय तथा संस्थाहरूसँगको सहकार्यसम्म सडक सुरक्षामा सुधार ल्याउने। हामीले यी सबै क्षेत्रमा एकसाथ काम गर्नुपर्छ, विभिन्न बजारमा सफल भएका अभ्यासबाट सिक्नुपर्छ र स्थानीय आवश्यकता तथा अवस्थाअनुसार त्यसलाई लागू गर्नुपर्छ। हाम्रा निर्णय र कार्यमार्फत हरेक दिन सेवाग्राहीले गरेको विश्वास कायम राख्नु हाम्रो जिम्मेवारी हो।”

जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड(हेलिङ सेवामा सुरक्षा प्रविधिसम्बन्धी काम गर्दै आएका छन्। उनले टेक्निकल प्रोडक्ट म्यानेजरबाट आफ्नो यात्रा सुरु गरी हेड अफ सेफ्टी टेक्नोलोजीजसम्मको जिम्मेवारी सम्हालेका छन्। उनको अनुभवमा पार्टनर चालक तथा कुरियरको पहिचान प्रमाणीकरण, खाता सुरक्षाको सुनिश्चितता र सुरक्षा मापदण्डको मूल्याङ्कन समावेश छन्।

याङ्गो ग्रुप संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको एक विश्वव्यापी प्रविधि कम्पनी हो। यसले तीव्र रूपमा विकास भइरहेका बजारहरूमा सहरी जीवनसँग सम्बन्धित आवश्यक सेवाहरूलाई डिजिटल प्रविधिमार्फत सहज बनाउँदै आएको छ।

विश्वस्तरीय प्रविधिलाई स्थानीय आवश्यकताअनुसार प्रयोग गर्दै कम्पनीले मोबिलिटी, डेलिभरी, फुडटेक, मनोरञ्जन तथा अन्य डिजिटल सेवाहरू विभिन्न क्षेत्र र समुदायको आवश्यकताअनुसार उपलब्ध गराउँदै आएको छ।

यी सेवाहरूले सहरी जीवनलाई थप सहज र एकआपसमा जोडिएको डिजिटल वातावरण निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै सर्वसाधारण, स्थानीय व्यवसाय र सहरहरूका लागि पनि मूल्य सिर्जना गर्दै आएका छन्।

याङ्गो ग्रुपले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसिया लगायतका क्षेत्रमा ३५ भन्दा बढी देशहरूमा आफ्नो सेवा सञ्चालन गर्दै आएको छ।

NECO

Leave Your Comment

Related News