Global College

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ शेयरधनीहरुले बोनस शेयर वा नगद लाभांश पाउने छैनन्।

समिति समितिले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृति भएर आएपछि अनुमोदनका लागि आगामी आठौँ वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।

NECO

Leave Your Comment

Related News