Global College

पूर्वाधार मन्त्रालयका ७ इन्जिनियर वर्खास्त,भविष्यमा सरकारी सेवाको निमित्त समेत अयोग्य

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित रहेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

मन्त्रालयले २०८३ मंसिर २ गते सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरलाई सेवाबाट हटाइएको जनाएको हो।  मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।

पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापालाई कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएको हो। त्यस्तै, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाही गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा उल्लिखित कसुर गरेको भन्दै ऐनको दफा ५९ को खण्ड (ख) (१) बमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको हो।

 

NECO

Leave Your Comment

Related News