Global College

हप्ता दिनमा १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?

काठमाडौं । यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.०४ प्रतिशत अर्थात २७.६० अंक घटेर २६२१.२९ विन्दुमा बन्द भएको हो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन सामान्य अंक बढेको थियो । यस साता फ्लोट इण्डेक्स ०.५३ प्रतिशत घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३६.३० प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३२.२५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३६.६६ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशत घटेको छ । गत साता ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४७ अर्ब रुपैयाँ घटेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७० प्रतिशत बढेको हो भने बैंकिङ्ग उपसमूहको परिसूचक ०.५३ प्रतिशत बढेको हो ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक २.८१ प्रतिशत घटेको छ । गत साता ३२२१.५८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ९०.५५ अंक घटेर ३१३१.०३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१.९९ अंक घटेको छ । गत साता ११ हजार ८१७.५५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २.३९ प्रतिशत घटेर ११ हजार ५३५.५६ विन्दुमा झरेको छ ।

NECO

Leave Your Comment

Related News