काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ करोड ५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ९३ लाख ४५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ९३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ।
संस्थाको ब्याज आम्दानी ८ करोड ३९ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने ब्याज खर्च ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड ६६ लाख २६ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३ अर्ब १० करोड ९४ लाख रुपैयाँ थियो।
संस्थाले ग्राहकबाट संकलन गरेको निक्षेप ९५ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी लगानी २ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ रहेको छ।
संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित कोषमा १० करोड ८१ लाख ३७ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रकाशित वित्तीय सूचकांकमा संस्थाको खराब कर्जा अनुपात १२.९८ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९३ प्रतिशत थियो। त्यस्तै, संस्थाको आधार दर १२.२६ प्रतिशत र ब्याजदर अन्तर ७.४४ प्रतिशत रहेको छ।
गत वर्ष घाटामा रहेको संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा आर्जन गर्दै वित्तीय अवस्थामा सुधार गरेको देखिएको छ।



