Global College

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ५२ उद्योगी–व्यवसायी सहभागी हुँदै (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार उद्योगी–व्यवसायीको छुट्टै प्रतिनिधिमण्डल प्रधानमन्त्रीको भ्रमण टोलीसँगै नयाँदिल्ली जानेछ।

सार्वजनिक गरिएको प्रतिनिधिमण्डलको सूचीमा विभिन्न व्यावसायिक संघ–संस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी तथा निजी क्षेत्रका उद्यमी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यवसायी पनि सूचीमा समेटिएका छन्।

प्रतिनिधिमण्डलमा उद्योग, व्यापार, निर्माण, पर्यटन, ऊर्जा, वित्तीय सेवा तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिको सहभागिता छ। सूचीमा संघ–संस्थाका पदाधिकारीसँगै निजी क्षेत्रका उद्यमीहरू पनि छन्।

भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधिमण्डलले भारतसँगको द्विपक्षीय व्यापार विस्तार, नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुई देशबीच आर्थिक सहकार्यका नयाँ अवसर खोज्ने विषयमा छलफल गर्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्ने प्रतिनिधिमण्डलस्तरीय वार्तासँगै नेपाल–भारत बिजनेस फोरममा पनि सहभागी हुने कार्यक्रम छ। उक्त फोरममा नेपाली निजी क्षेत्रले भारतीय व्यवसायी तथा लगानीकर्तासमक्ष नेपालमा लगानीका अवसर र व्यावसायिक सम्भावनाबारे छलफल गर्नेछ।

सरकारी प्रतिनिधिमण्डलमा ३४ जना रहनेछन् भने निजी क्षेत्रका ५२ व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।

भ्रमण दलमा सहभागी ५२ उद्योगी–व्यवसायीको नामावलीः

१. अन्जन श्रेष्ठ (अध्यक्ष)
२. भवानी राणा (पूर्वअध्यक्ष)
३. कृष्णप्रसाद शर्मा (उपाध्यक्ष)
४. डा. गोपालप्रसाद तिवारी (महानिर्देशक)
५. सुनिता नेमाफुकी (कार्यसमिति सदस्य)
६. बाटु लामिछाने (कार्यसमिति सदस्य)
७. उज्ज्वल श्रेष्ठ (कार्यसमिति सदस्य तथा सभापति, उद्योग समिति)
८. सागर ढकाल (कार्यसमिति सदस्य)
९. निरज काफ्ले (सदस्य, व्यापार समिति)
१०. शिवकुमार अग्रवाल (अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ)
११. वीरेन्द्रराज पाण्डे (अध्यक्ष)
१२. राजेशकुमार अग्रवाल (पूर्वअध्यक्ष)
१३. निर्वाण चौधरी (वरिष्ठ उपाध्यक्ष)
१४. राजबहादुर शाह
१५. कमलेशकुमार अग्रवाल (अध्यक्ष)
१६. दीपककुमार मल्होत्रा (वरिष्ठ उपाध्यक्ष)
१७. खिमनारायण पराजुली (अध्यक्ष)
१८. कुणाल कयाल (अध्यक्ष)
१९. सुनिल के.सी. (निवर्तमान अध्यक्ष)
२०. करण चौधरी (उपाध्यक्ष)
२१. मोहनकुमार डाँगी (अध्यक्ष)
२२. गणेश कार्की (निवर्तमान अध्यक्ष)
२३. पुष्कर पौडेल
२४. विभूषण विष्ट (उपाध्यक्ष)
२५. पशुपतिदेव पाण्डे (अध्यक्ष)
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ (अध्यक्ष)
२८. गोविन्दप्रसाद घिमिरे (अध्यक्ष)
२९. सरोज श्रेष्ठ (उपाध्यक्ष)
३०. रवीन्द्र शाक्य (अध्यक्ष)
३१. सुरेन्द्रकुमार उप्रेती (अध्यक्ष)
३२. विनायक शाह (अध्यक्ष)
३३. सागर पाण्डे (अध्यक्ष)
३४. भरतजंग पाण्डे (अध्यक्ष)
३५. दर्शना श्रेष्ठ (अध्यक्ष)
३६. डिकिला शेर्पा लामा (सचिव)
३७. बलराम गुरुङ (अध्यक्ष)
३८. सचिन ढकाल (उद्यमी)
३९. नितेश मालपानी (उद्यमी)
४०. कल्याण गुरुङ (उद्यमी)
४१. टुकप्रसाद पौडेल (उद्यमी)
४२. जीवनाथ लामिछाने (उद्यमी)
४३. डिरेकलाल श्रेष्ठ (उद्यमी)
४४. अनुप आचार्य (उद्यमी)
४५. नरेश दास (उद्यमी)
४६. यमुना श्रेष्ठ (उद्यमी)
४७. विष्णुकुमार अग्रवाल (उद्यमी)
४८. दिलीप अग्रवाल (उद्यमी)
४९. सञ्जय काफ्ले (उद्यमी)
५०. दीपक थापा (उद्यमी)
५१. निकोलस पाण्डे (अध्यक्ष)
५२. राजनकुमार बान (उद्यमी)

NECO

Leave Your Comment

Related News