काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले मंसिर ४ गते राति साढे ९ बजे चेकजाँचका क्रममा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली नगद ९ लाख ६० हजार ५०० रुपैयाँ, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको छ ।
पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



