RE
Global College

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा इन्दु बर्मा नियुक्त

काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो ।

कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

महिला सशक्तीकरण र शिक्षा तथा खेलकुदमार्फत युवाहरूको विकासमा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले गरेको महत्वपूर्ण योगदानको चर्चा गर्दै निर्देशक श्रेष्ठले कप्तान बर्मालाई एम्बासडर नियुक्त गरेर क्रिकेट खेलाडीले समाजमा विभिन्न तवरबाट योगदान पुराउन सक्ने सन्देश दिन सफल भएको बताए । कन्सल्टेन्सीका कार्यक्रम निर्देशक राजु सिंहले बर्मालाई एम्बासडेर नियुक्त गरी अध्ययन र खेलसँगै लैजान सकिन्छ भन्ने सन्देश नागरिकमा जाने बताए ।

NECO

Leave Your Comment

Related News