Global College

प्रधामन्त्री शाह दिल्ली पुगे, राज्यमन्त्री जितिनले गरे स्वागत

काठमाडौं । प्रधामन्त्री बालेनन्द्र शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

सोमबार दिउँसो राज्यमन्त्री जितिन प्रसादले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका थिए।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणको अवसरमा आइतबार ३ बजेर २८ मिनेट जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोट पुगेका थिए। उनी सवार नेपाल वायु सेवा निगको ‘आरएनए २१७; दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोटमा ३ बजेर २८ मिनेट जाँदा अवतरण गरेको हो ।

उनको बसाइ ताज होटलमा हुने तय भएको छ । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।

NECO

Leave Your Comment

Related News