Global College

नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं । नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।

नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डे लगायत सहभागी थिए।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री माननीय डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी थिए।

प्रधानमन्त्रीद्वयबीच के के विषयमा छलफल र सहमति भए भन्ने आउन बाँकी छ।

NECO

Leave Your Comment

Related News